सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले मन्त्रालयगत कार्यक्रमको पुस्तिका प्राप्त नभएको भनी सभामुखको ध्यानकर्षण गराएका थिए ।सांसदहरुले नै पटक पटक सो विषयमा चासो राख्दै प्रश्न गरेपछि सभामुखले सम्बन्धित मन्त्रालय र सरकारलाई तत्काल कार्यक्रम समेटिएको पुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्राल