प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न दुई/दुई वटा प्रस्ताव दर्ता

जनकपुरधाम : प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभा सचिवालयमा दुई/दुई वटा प्रस्ताव दर्ता भएको छ। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई/दुई वटा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। नामाकरणका लागि जसपाका प्रदेशसभा सदस्य…

सम्बन्धित सामग्री

प्रदेश २ ले नाम र राजधानी पाएपछि मधेस प्रदेशका मुख्यमन्त्री जानकी मन्दिरमा

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री मोहम्द लालबाबु राउत गद्दीले जानकी मन्दिरका महन्थ तपेश्वर दाससँग आशीर्वाद लिएका छन्। प्रदेश २ को नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएपछि आइतबार जानकी मन्दिरमा पुगेर उनले महन्थसँग आशीर्वाद लिएका हुन्। माघ ३ गते प्रदेशसभा बैठकबाट दुई तिहाइभन्दा बढी बहुमतबाट प्रदेशले नाम र स्थायी राजधानी पाएको छ। मधेस […]

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

काठमाडौं । प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक […]

प्रदेश-२ - नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित

काठमाण्डौ – प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ । नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।  प्रदेश सभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए । प्रदेश सभामा आज भएको मतदानमा सभा...

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।   प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको

प्रदेश २ को राजधानी जनकपुर पारित

जनकपुरधाम– प्रदेश २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत प्रदेश २ ले राजधानीको नाम टुंगो लगाएको हो । प्रदेशसभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो […]

के आज टुंगिएला प्रदेश २ को नाम र स्थायी राजधानी?

जनकपुरधाम – प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि आज अन्तिम दिन प्रदेशसभामा छलफल हुँदैछ। आइतबार ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा नाम र राजधानीका लागि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा पेश भएको कुनै पनि प्रस्तावमा सहमति जुट्न नसकेपछि आज प्रदेशसभा बैठक बोलाइएको छ। सभामुख सरोज यादवको […]

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने ’

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका-...

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने

२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल […]

प्रदेश २ : यसपटक पनि स्थायी राजधानी र नाम जुर्ने सम्भावना कम

जनकपुर : प्रदेश २ को नाम र राजधानीबारे फेरि अन्योल कायम नै रह्ने अवस्था देखिएको छ। प्रदेश २ को नाम र राजधानी तय गर्न दलहरूले पुरानै अडान कायम राखेको हुँदा नाम र राजधानीबारे पुरानो अवस्था नै दोहोरिने स्थिति देखिएको हो। दलहरूले दर्ता गराएको प्रस्ताव दर्ताअनुसार पुरानै अवस्था दोहोरिने भएको छ।प्रदेश नं २ को प्रदेशसभा सचिवालयले आह्वान गरेको नाम र राजधानीबारे प्रस्ताव दर्ताअनुसार नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराए

प्रदेश २ मा एमालेको प्रस्ताव – नाम ‘जानकी’, राजधानी ‘जनकपुरधाम’

काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता...