जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको ‘नाइन एनएईटी’ ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा सो विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो । दुर्घटनामा निधन भएकाहरुको शव पोस्टमार्टम गरेर बिहीबार परिवारलाई जिम्मा लगाइएको छ ।घटना अझै सेलाएको छैन । हरेक नेपाली शोकमग्न र त्रसित छन् । अहिले नेपालमा रहेको प्रि–मनसुनका कारण पनि हवाई यात्रा गर्न आनाकानी गर्ने अवस्था सिर