आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृतलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ सुन्धारा घर भएकी ५१ वर्षीया बिन्दु श्रेष्ठ प्रधान छन् । साउन १८ मा उनलाई कार्यालयबाट ३० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कम्युटर बिलिङको सफ्टवेयर स्वीकृति गराउन जाँदा सेवाग्राहीलाई हैरानी दिएर उनले घुस मागेकी थिइन् । सो सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर
रुपन्देही । सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ । घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय)बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।
काठमाडौँ । सेवाग्राहीसँग ३० हजार घुस लिएको आरापेमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवान पक्राउ परेका छन् । भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले पासवानलाई ३० हजार घुस लिइसकेको […]
काठमाडौं : घुसको रकमसहित महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका नौजना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठसहित नौ जनारहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। श्रेष्ठलाई अख्तियारले ३० हजार घुसको रकमसहित पक्राउ गरेको हो।
...