टेक सापकोटाफोहोर मानिसले उत्पादन गर्ने तर यसको व्यवस्थापन प्रकृतिले गरिदियोस् भन्ने हाम्रो मनशाय। जसले हामीलाई दिनानुदिन अपरिपक्व बनाइरहेको छ। हामीले हरेक दिन यो या त्यो रूपमा कुनै न कुनै सामग्रीको प्रयोग गरेकै हुन्छौँ। परिणामत फोहोरको उत्पादन बढिरहेको हुन्छ।तर, त्यसको व्यवस्थापन अपरिचित अर्थात् सरकारको जिम्मामा छाडिदिन्छौँ। फोहोर व्यवस्थापन त्यो अपरिचितले गर्नुपर्छ। उसले फोहोर व्यवस्थापन गर्न नसकेकोमा उसको कमजोरी ठान्छौं।हामी यो भुल्छौं कि मैले उत्पादन गरेको फोहोरको व्यवस्थापन मेरो जिम्मेवारी र