बझाङ – देशमा सङ्घीयतापछि बझाङले पहिलाे पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय बझाङमा आज मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार ग्रहण गर्नुभएको हो ।
लामो समयदेखि कैलाली स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको पदमा रहेका धामीलाई आज स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले भव्य स्वागत गरे । धामीकै कार्यकालमा सुदूरपश्चिम प्रदेशभरि रहेका स्वास्थ्य कार्यालयमध्ये कैलाली स्वास्थ्य कार्यालय पहिलो भएको थियो ।
स्वागत कार्यक्रम...