काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ। निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तम चरणमा पुगेकाे जनाएकाे छ। आयोगले अहिले मतपेटिका ढुवानी लगायतका काम गर्दै छ।सरकारले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चारवटा सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरेको छ। तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २३ वटा साना दलहरूले निर्वाचन बहिष्कार गरेसँगै सुरक्षा चुनौती थपिएको छ। सरकारले निर्व