कर्णाली डेभलपमेन्ट बैंक एनसीएचएलमा आबद्ध

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा आबद्ध भएको छ । बैंक अन्तरबैंक

सम्बन्धित सामग्री

कर्णाली डेभलपमेन्ट बैंक समस्यामा, कारोबारमा रोक

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्यामा रहेको पाइएको छ । नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको यो बैंक समस्यामा देखिएकोले नेपाल राष्ट्र बैंकले निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको निरीक्षण गरेको थियो । उक्त निरीक्षणमा कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन तोके बमोजिमको न्यूनतम […]

यो वर्ष कर्णाली डेभलपमेन्ट बैंक करीब २ करोड नोक्सानीमा

जेठ १२, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।  बिहीवार सार्वजनिक भएको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. १ करोड ९२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष नोक्सानीमा गएको हो ।  यस वर्ष कुल सञ्चालन आम्दानी १७ प्रतिशत कम भएको र इम्पेरमेण्ट चार्ज १७ दशमलव ३६ प्रतिशत बढी भएकाले कम्पनीले खुद नोक्सानी व्यहोर्नु परेको हो । गत वर्ष रू. ११ करोड ८५ लाखभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ८३ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । त्यस्तै गत वर्ष रू. २ करोड ९७ लाख इम्पेरमेण्ट चार्ज रहेको कम्पनीको यस वर्ष रू. ३ करोड ४९ लाखभन्दा बढी रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड २८ लाख ३०  हजार छ । रिटेन्ड अर्निग रू. १० करोड ४३ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ५४७ प्रतिशत बढेर रू. १४ करोड ४५ लाखभन्दा बढी कायम भएको छ ।  यस वर्ष कम्पनीले रू. ४ अर्ब ३९ करोड ७२ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब २९ करोड ९१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष ३ दशमलव ६८ प्रतिशत पुगेको छ ।  तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ८६ रहेको छ भने ३३ दशमलव ६२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।                                                    स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

कर्णाली डेभलपमेन्ट बैंक रू. १ करोड ६३ लाख नोक्सानीमा

माघ १०, काठमाडों । कर्णाली डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ६३ लाख ९६ हजार नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ८३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।  कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ करोड ४३ लाख ३६ हजार थियो ।  त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ अर्ब ५२ करोड  ७४ लाख २८ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब २३ करोड ९५ लाख७९ हजार कर्जा लगानी गरेको हो । चुक्तापूँजी रू. ५० करोड २८ लाख ३० हजार रहेको कम्पनीले जगेडामा रू. ५ करोड ३१ लाख २७ हजार, रिटेन्ड अर्निङमा रू. ४ करोड ४ लाख ५३ हजार र शेयर प्रिमियममा रू. १२ लाख ५२ हजार सञ्चित गरेको छ ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा पनि रू. ५ करोड ३५ लाख ४३ लाख ऋणात्मक रहेको छ ।

भारी अंकले नेप्से घटेपनि यी कम्पनीको शेयरमुल्य बढ्यो

काठमाडौं, १५ भदौ । नेप्सेमा आज भारी अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमुल्य बढेका छन् । त्यस्तै १३ अर्ब बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको ७ दशमलव ५८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ६ दशमलव ८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ५ दशमलव ९६ प्रतिशतले शेयरमुल्य बढेको हो । नेप्सेको अनुसार […]

नेपाल फाइनान्स सहित यी कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं, २१ साउन । आज नेप्से परिसूचक १२ अंकले घटेर ३१ सय १० दशमलव ८१ को विन्दुमा कायम भएको हुँदा १३२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका हुन् । […]

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, ३० जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार १ रुपैयाँले बढेको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३६० कायम भएको छ । यो दिन कम्पनीको ७९ हजार १४२ कित्ता शेयर खरिद बिक्री भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म रु. १ करोड ४ लाख ३९ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनी रु. ३८ लाख ४९ हजार नोक्सानीमा रहेको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र सञ्चालन नाफामा सुधार आएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ रु. २ दशमलव ०८, मूल्य आम्दानी अनु्पात ९४ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रु. १०७ दशमलव ५४ पुगेको छ । हालसम्ममा कम्पनीले १८ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा ह्याम्मरजस्तो देखिने यो मैनबत्तीले आगामी बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७८ दशमलव ६८ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्चरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ६४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ३६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२४ मा टेवा पाउने देखिन्छ ।

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउसमा आवद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि आवद्ध भएको हो

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीसए र कनेक्ट आरजीटीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत …

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग आवद्ध भएको छ । बैंक अन्तर्बैंक विद्युतिय भुक्तानी प्रणाली, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्घ भएको हो । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरे ।  एनसीएचएल आईपीएस प्रणालीमार्पmत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तर्ब