सुदूरमा मतदाताको प्रश्न- चुनावमा खर्च गर्न यति धेरै पैसा कहाँबाट आउँछ ?

उम्मेदवार बनेका नेतालाई गलाभरि माला, अनुहारभरि राताम्मे अबिर । तिनका अघिपछि सयाैँको संख्यामा आसेपासे कार्यकर्ता । कहिले गाडीका लस्कर, कहिले मोटरसाइकलका । गाउँघरमा उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउन सक्नेजति खर्च गरेर तडकभडक गरिरहेका छन् । प्रचारप्रसारका दिन घट्दै गर्दा दलका उम्मेदवारको भड्किलो प्रचार बढ्दो छ । स्थानीय तहको चुनावका लागि अब एक सातामात्रै बाँकी छ । तर, सुदूरपश्चिम प्रदेशका अधिकतम मतदातामा भने भोट हाल्नकै लागि कुनै उत्साह छैन ।

सम्बन्धित सामग्री

चुनावमा भएको खर्च मन्त्री भएपछि असुल्न थाल्छन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकडम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले सङ्घ प्रदेशका चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिकडम गर्न नजानेले चुनाव नजित्ने बताएका हुन् । उनले […]

चुनावपछि निक्षेप बढ्ने अपेक्षा गरेका चितवनका बैंकर्स अन्योलमा

जेठ १२, चितवन । विगत झण्डै छ महीनादेखि तरलता अभाव खेपिरहेको बैंकहरुले स्थानीय निकायको निर्वाचनसँगै निक्षेप बढ्ने अपेक्षा गरेपनि बजारमा तरलताको अभावमा सुधार नभएको बताएका छन् ।  स्थानीय निर्वाचनमा विभिन्न माध्यमबाट रकमको फ्लो हुने अपेक्षा गरिएको थियो । तर निर्वाचन सकिएपछि पनि बैंकमा निक्षेप नबढ्दा भने उनीहरु अन्योलमा  परेका छन् । निर्वाचनमा विभिन्न उम्मेदवार तथा कार्यकर्ताले चुनाव खर्चको लागि गरेको रकम बैंकसम्म नआइपुुग्दा उनीहरु चिन्तामा छन् । कामना सेवा  विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी निर्वाचन शुरु भएसँगै बैंकमा निक्षेप बढ्ने आश गरेपनि हालसम्म पनि निक्षेपमा सुधार नआएको बताउँछन् । ‘चुनावी माहोल बढेसँगै निक्षेप बढ्ने अपेक्षा त गरेका थियौं, तर निर्वाचन सकिएपछि पनि निक्षेप बढ्ने कुनै संकेत देखिएन’, उनले भने ।   निर्वाचन शुरु हुनुअघि रकम झिक्ने बढेको र सो रकम पुनः बैंकमा फर्कने  आश गरेपनि नआएको भण्डारीको भनाइ छ । ‘चुनावमा त झन् वीथड्र बढ्यो’, उनले भने, ‘चुनावमा त देशभर खर्च भएकै छ । त्यो पैसा कहाँ गयो होला हामी अन्यौलमा छौं ।’ निर्वाचनमा आम नागरिक, कृषक, व्यवसायी चुनावी रौनकमा व्यस्त भएतापनि निर्वाचनको परिणाम आएसँगै आफ्नै लयमा फर्कन थालेका छन् । पेशा व्यवसाय गर्नेहरु नियमित काममा फर्कन थालेपछि बैंकहरुमा ग्राहकको केही चाप देखिएको छ ।  यहाँका निजी बैंकहरुभन्दा बढी सरकारी निकायमा बैंकहरुमा बढी ग्राहकहरुको भीड भएको देखिन्छ । कृषि विकास बैंक, हाकिमचोक भरतपुर शाखाका प्रबन्धक हरि अधिकारी चुनावमा जति निक्षेप हुने अपेक्षा गरिएपनि त्यस्तो कुनै कारोबारमा फेरबदल नभएको बताउँछन् । ‘हामीले पनि चुनाव आएसँगै पैसाको फ्लो बढ्छ भन्ने सोचेकौ हौं, तर त्यस्तो देखिएन’, उनले भने ।  चुनावअघि निक्षेप नबढेपनि परिणाम घोषित भएसँगै निक्षेप गर्नेहरुको संख्या भने बढेको उनले बताए । बैंकहरुमा तरलता अभावले समस्या र चुनौति दिएपनि वित्तीय सहकारी संस्थाहरुमा भने तरलता अभावको त्यति असर नपरेको  स्वयं सहकारी सञ्चालकहरुले बताउने गरेका छन् । तर निक्षेपको तुलनामा कर्जाको अत्यधिक माग भएका कारण वित्तीय सहकारीहरुलाई सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ । बैंकहरुले सहजरुपमा कर्जा दिन नसकेपछि कतिपय व्यवसायीहरुलाई वित्तीय सहकारीको भरपर्नुपर्ने अवस्थाको सृजना भएको छ ।  ‘चुनाव अघि त बरु ठिकै कलेक्सन थियो, चुनावमा त झन अधिकांशले व्यवसायनै बन्द गरे, झन असर पर्यो’ चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था,नारायणगढका सीईओे राजन पौडेलले भने । चुनावमा खर्च भएको रकम वित्तीय संस्थामा आउन केही समय लाग्ने र अबका केही दिनमा निक्षेप र कर्जा संकलनसमेत बढ्ने संकेत देखिएको पौडेलको भनाइ छ ।  चुनावमा खर्च गरिएको रकम बैंकसम्म आउन ढिला हुने बताउँछन बैंकिङ्ग विज्ञहरु । सानोसानो रकम धेरै ठाउँमा छरिएर जाने भएकोले फेरी संकलन हुन समय लाग्ने उनीहरुको भनाइ छ । कर्पोरेट फाइनान्समा विद्यावारिधि गरेका डाक्टर कपिलदेव सुवेदी बैंकमा तरलता अभाव कम गर्न चुनाव खर्चले खासै मद्धत नगर्ने बताउँछन् । ‘तरलता कम गर्न चुनावी खर्चले भन्दा सरकारले पूँजीगत खर्च गर्नु पर्नेनै हुन्छ’, डाक्टर सुवेदीले भने । निर्वाचनमा अदृश्य रुपमा भएका खर्चहरु सानो सानो रकम जम्मा भएर बैंकसम्म आउन ढिला हुने भएकोले केही दिनपछि मात्र यसको प्रभाव देखिने उनको भनाइ छ ।  अहिले तरलता अभाव भएपनि असारे विकासँँगै बजारमा पैसाको कारोबार बढ्दै जाने उनको भनाइ छ ।

निर्वाचनमा पैसा : कति भ्रम, कति यथार्थ ?

स्थानीय सरकारले पहिलो पाँच वर्षे कार्यकाल बिताएसँगै आसन्न चुनावको मुखमा उम्मेदवारले चुनावमा खर्च गर्ने पैसाको निकै चर्चा भइरहेको छ । विषयलाई यसरी उचालिएको छ कि, यही मुद्दाले कतिपय चुनाव लड्न भनेर हच्किने र भाग्ने अवस्था आउँछ । जनतालाई चुनावमा पैसाको खोलो बगाइन्छ भन्ने प्रभाव पनि पार्न खोजिएको छ ।वास्तवमा यो भाष्य कसरी सिर्जना भइरहेको छ […]

चुनावमा खर्च दिन्छ भनेर ऐन कमजोर नबनाइयोस् : सांसद विडारी

'पैसा छ, चुनावमा खर्च छ भनेर ऐन कमजोर गराइनु हुँदैन,' सांसद विडारीले भने ।

५ अर्बको विकास ऋणपत्र खरिद गर्दै केन्द्रीय बैंक

वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव बढ्दै गाएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँ छोड्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको विकास ऋणपत्र खरिद गरी तरलता प्रवाह गर्न खोजेको हो । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको विकास ऋणपत्र नेपाल राष्ट्र बैंकले खरिद गरी संस्थालाई लगानीयोग्य रकम दिन लागेको हो । केन्द्रीय बैंकले सरकारलाई उठाएको आन्तरिक ऋण तथा चुनावमा खर्च भएको पैसा वित्तीय प्रणाली नआएपछि समस्या बढ्दै गएको हो ।