दुर्घटनामा घाइते रेनु दाहालको डिस्चार्ज तयारी

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको परिवारले जनाएको छ । दाहाल शुक्रबार दिउँसो राजधानीको जावलाखेलमा भएको सवारी दुर्घटनामा घाइते भएकी थिइन् । दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताइन् । ‘आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य  चोट लागेको र डाक्टरको अनुस

सम्बन्धित सामग्री

रोल्पामा सवारी दुर्घटना, एक बालकको मृत्यु

रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा.१ ह ३०२२ नम्बरको अटो बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्ती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका मध्ये तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अटो चालकलाई निय

अटो दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

रोल्पा नगरपालिका-२ घट्टेखोलास्थित सडकमा रा १ ह ३०२२ नम्वरको अटो अन्यिन्त्रित भइ दुर्घटना हुँदा रोल्पा नगरपालिका-२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको छ । बिहीबार साँझ दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्ध

पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

बुटवल : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा…

दुर्घटनामा परेकी रेनुको अवस्था सामान्य, डिस्चार्जको तयारी

काठमाडौं : गाडी दुर्घटनामा परी घाइते भएकी भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेनु दाहालको अवस्था सामान्य रहेको छ। उनकी बहिनी गंगा दाहालका अनुसार रेनुको टाउकोमा सामान्य चोट लागेको छ। सिटि स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था सामान्य भएकाले डिस्चार्ज गर्ने तयारी भइरहेको उनले उल्लेख गरेकी छिन्। रेनु चढेको गाडि ललितपुरको जावलाखेल नजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा उनी घाइते भएकी थिइन्।  उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ। गाडी दुर्घटनामा परेर

मलाइका अरोरा अस्पतालबाट डिस्चार्ज, कार दुर्घटनामा परी घाइते भएकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित हस्ती मलाइका अरोरा शनिबार मुम्बई–पुणे राजमार्गमा कार दुर्घटनामा घाइते भएकी थिइन् । घाइते उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

जीप दुर्घटनामा नौ जना घाइते

जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । दैलेख बजारबाट चामुण्डा विन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप नारायण नगरपालिका–२ जाहरकोटमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जीप दुर्घटनामा नौ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये ६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । तीन जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

तनहुँ दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

तनहुँको आबुखैरेनीमा भएको दुर्घटनामा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पृथ्वी राजमार्ग स्थित आबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र टाटासुमो ठोक्किएको थियो ।दुर्घटनामा परेर ग.३च ६०१२ नम्बरको टाटा सुमोमा सवार तनहुँ शुक्ला गण्डकी–८ घर भएका ओम प्रकाश गुरुङ, रुद्र बहादुर सेन र लक्ष्मी कुमारी शाहीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनाको चितवनमा उपचार हुँदै छ । घाइते मध्येका दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।आबुख

ग्रिसमा सडक दुर्घटनामा परेका नेपालीहरु सकुशल

९ मंसिर, बार्सिलोना । भीमेश्वर नगरपालिका-९ दोलखा घर बताउने ३३ बर्षीय मनु लामा र गौरीगंगा नगरपालिका -४ राजीपुर कैलालीका  ३० बर्षीय लोकराज आचार्य अहिले ग्रिसको एथेन्स सहर पुगेका छन् । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा शुक्रबार भएको सवारी दुर्घटनामा यी दुवै घाइते भएका थिए । अस्पतालबाट डिस्चार्ज भएका यी दुई जनालाई लिन एथेन्स […]

वालिङ जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुग्यो

स्याङ्जा - स्याङ्जाको वालिङमा हिजाे साँझ भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परि घाइते भएकी गल्याङ-१० की ४ वर्षीया करिश्मा थापाको उपचारका क्रममा पोखरामा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । आइतवार साँझ भएको दुर्घटनामा परि गल्याङ-१० का ३२ वर्षीया गङ्गा पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएकाे थियाे । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये तीन जनाको डिस्चार्ज भएको छ भने १४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचा...

विमान दुर्घटनाका घाइते सुवेदी १४ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं- युएस-बाङ्ला विमान दुर्घटनामा परी घाइते भएका हरिप्रसाद सुवेदी उपचारपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्। १४ दिनको अस्पताल बसाइपछि सुवेदी सोमबार घर...