इण्डोनेसियामा दक्षिणपूर्वी एसियाकै पहिलो बुलेट रेल सेवा सुरु

इन्डोनेसियाले दक्षिणपूर्वी एसियाकै पहिलो बुलेट रेल सेवा आजबाट सुरु गरेको छ। चीनको बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर बीआरआई परियोजना अन्तर्गत सुरु भएको बुलेट ट्रेन सेवा २१७ माईल प्रतिघण्टाको गतिमा दौडन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उच्च गतिको रेल सेवा लाइन जसले देशका दुई ठूला शहरहरूलाई जोड्नेछ।चिनियाँ परियोजना बीआरआईको एक हिस्साको रुपमा हेरिएको यस परियोजनाका लागि ७ अर्ब ३० करोड डलर खर्च गरिएको छ। राजधानी जकार्ता, इन्डोनेसियाको दोस्रो ठूलो सहर, प्रमुख कला र संस्कृति केन्द्रको रूप

सम्बन्धित सामग्री

तिब्बतकाे ल्हासादेखि निङ्ची सहरसम्म 'बुलेट' रेल सेवा सुरु

काठमाण्डाै – चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरु भएको छ । यो रेल प्रति–घण्टा एक सय ६० किलोमिटरका गतिमा कुद्ने बीबीसीले जनाएको छ । रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने एक सय २१ वटा पुल निर्माण गरिएकाे छ । रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । ४ दशमलव ८ अर्ब डलर लगानीमा सन् २०१४ देखि  रेलमार्ग बनाउने काम सुरु भएको थियो । सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो ...

भारतमा पनि ३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल सेवा

छिमेकी देश चीनले आफ्नो तीव्र गतिको बुलेट रेल सुरु गरिसकेको छ। विश्वकै तीव्र रेलमध्ये मानिएको फक्सिङ बुलेट रेल सेवाको गति ३५० किलोमिटर प्रतिघण्टा छ। यसको उच्च गति ४०० किलोमिटर प्रतिघण्टा भएपनि सुरक्षालाई ध्यानमा राख्दै ३५० मै चलाइने भएको हो। यस्तै ३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल भारतमा अब भारतमा पनि सुरु हुने भएको छ। भारतको पहिलो…