काठमाण्डाै – चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरु भएको छ । यो रेल प्रति–घण्टा एक सय ६० किलोमिटरका गतिमा कुद्ने बीबीसीले जनाएको छ ।
रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने एक सय २१ वटा पुल निर्माण गरिएकाे छ । रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । ४ दशमलव ८ अर्ब डलर लगानीमा सन् २०१४ देखि रेलमार्ग बनाउने काम सुरु भएको थियो ।
सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो ...