अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत ३ जनामाथि मुद्दा नचल्ने भएको छ । पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा काँग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको सम