कैलालीको धनगढी उपमहानगरपालिकाले असोज १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य बस्तुको बिक्री वितरणमा रोक लगाएको छ । उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै बिक्री वितरणमा असोज १ गतेदेखि रोक लगाउने जनाएको हो ।जारी सूचनामा भनिएको छ, ‘भदौ १ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार नगर समस्याग्रस्त भएको फोहोरको रुपमा बजारमा उपभोग भएको सुर्तीजन्य बस्तुहरु जस्तै सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा, प्लाष्टिकजन्य गिलास, कप, झोलाहरुको बिक्री वितरण