बारेकोटमा विपन्न नागरिक उपचार कोष

आर्थिक अवस्था कमजोर भएकै कारण अकालमै ज्यान गुमाउन बाध्य भएका आमनागरिकका लागि बारेकोट गाउँपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ । गरिबीको रेखमुनि रहेको नागरिकले आफैंले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणका लागि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले बताए । सुत्केरी, रुख, भीरबाट लडेर घाइते भएका, विभिन्न प्राकृतिक प्रकोपमा परेर उपचारमा […]

सम्बन्धित सामग्री

बारेकोट गाउँपालिकाले बनायो विपन्न नागरिक उपचार कोष

सुर्खेत :  जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ।गरिबीको रेखमुनि रहेको नागरिकले आफैँले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणको लागि पनि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए। सुत्केरी, रुख, भिर बाट लडेर घाइते भएका र प्राकृतिक प्रकोपमा परेर उपचारमा समस्या भएकालाई गाउँपालिको सहयोग गर्ने उनले बताए।त्यस्तै संघीय सरकारबाट सूचीकृत भई आर्थिक सहायता गर्नुपर्ने बिरामीका लागि समेत उक्त कोषबाट

विपन्न र बिमितको उपचार गर्न १० अर्ब बजेट, तर ५ महिनादेखि भुक्तानी ठप्प

विपन्न नागरिकको उपचार खर्चको भुक्तानी रोकिँदा देशभरका बिरामी मर्कामा परेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकका लागि ७ अर्ब ५० करोड र विपन्न नागरिक उपचार कोष शीर्षकमा २ अर्ब ४७ करोड परिचालन गर्ने जिम्मेवारी स्वास्थ्य बिमा बोर्डले पाएको छ । तर, जनशक्ति अभावमा बिल रुजु गर्न नभ्याएको भन्दै बोर्डले भुक्तानी रोक्दा अस्पतालले सेवा बन्द गर्न थालेका छन् ।

७१ वटा अस्पतालमा हुन्छ ८ प्रकारका कडा रोगको निशुल्क उपचार

काठमाडौं : सरकारले विपन्न नागरिकलाई ८ प्रकारका रोगको उपचारको लागि देशभरको ७१ वटा अस्पतालहरुलाई स्वीकृत दिएको छ। यसअघि ६८ वटा अस्पताललाई मात्र स्वीकृति दिएकोमा हालै बढाएर ७१ पुर्‍याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको विपन्न नागरिक उपचार कोष व्यवस्थापन शाखाले जनाएको छ। सरकारले ती ७१ अस्पतालमा मुटु, मिर्गौला,...