सुरक्षाकर्मीको हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी कोइरी महतो अझै निलम्बनमा परेका छैनन् । फरार सांसद निलम्बन हुने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाविपरीत उनी सांसदकै हैसियतमा छन् । ‘सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे’ बर्खास्त हुने संवैधानिक व्यवस्थाअनुरूप पनि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छैन ।