राजधानीमा १२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६ सुरु जारी छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर ( डिइसिसी नेपाल) मा आगामी शनिबारसम्म चल्ने मेलालाई यो वर्ष अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा अगाडि बढाइएको हो ।
इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपालका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि हुँदै आएको तीज मेलाको यो १२ औं संस्करण हो ।