काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नासाथ एमाले एकढिक्का हुने दाबी गरेकी छन्। नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी एकता बचाउनका लागि सबैले पहल गर्नुपर्ने बताइन्। उनले भनिन्, 'म पार्टी एकताको पक्षमा उभिएको छु। त्यसका लागि अध्यक्ष ओलीले सहमति कार्यान्वयन गराउनतर्फ लग्नासाथ पार्टी एकजुट हुन्छ। पार्टी एकता कमजोर बनाउने काम लाग्