मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा भ्रष्टाचार बढिरहँदा सरकार भने मूकदर्शक बन्नुपरेको बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि आफूसँग कुनै निकाय नभएको समेत गुनासो गरे ।