काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताउनुभएकाे छ । आफ्नाे नामबाट कास्की क्षेत्र नम्बर १ आवेदन परेपछि महामन्त्री थापाले यस्ताे प्रष्ट पार्नुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘कास्की क्षेत्र नं.१ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाव...