बार्सिलोनाको खेलाडीका रूपमा अन्तिमपटक पत्रकार सम्मेलन गर्दा लियोनल मेसीले आइतवार आँसु बगाएका छन् । पत्रकार सम्मेलनमा उनले क्याम्प नाओमा २१ वर्षको करीयरको अन्त्य भएको पुष्टि गरे ।
जुन महिनामा मेसीले क्लबसँग गरेको अन्तिम सम्झौताको म्याद सकिएपछि उनी फ्री एजेन्ट भए । आर्थिक तथा संरचनागत अवरोधका कारण मेसीसँग नयाँ सम्झौता गर्न नसकिएको भनी बार्साले शुक्रवार पुष्टि गरेको छ ।
ला लिगाले निर्धारण गरेको तलब सीमालाई पार नगरिकन बार्साले मेसीलाई सम्झौतामा हस्ताक्षर गराउन सक्ने स्थिति नै रहेन । अर्थात्, ६ पटक बालोन डीओर जिते...