वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी तालिम केन्द्र संचालन गरेर ठगी गर्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षितत गरी ठगी धन्दा चलाउँदै आएका गिरोहले तालिम केन्द्र (ट्रेनिङ सेन्टर) नै संचालन गरेको तथ्य खुलेको छ । वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसबाट रकम ठगी गर्ने गिरोहले ट्रेनिङ सेन्टर सञ्चालन गरेको छ भन्ने सूचनाका आधारमा परिचालन भएको प्रहरीको टोलीले सो तथ्य फला पारेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान …

वैदेशिक रोजगारी ठगी रोक्न सरकार किन असफल ?

विदेश जाने सुरक्षित माध्यम तथा जानकारीबारे सरकारले प्रचारप्रसार गरेको देखिँदैन। प्रचार गरे पनि प्रभावकारी नहुँदा एउटै विधि र प्रक्रियाबाट ठगीमा परिरहेका हुन्छन्।...

वैदेशिक रोजगारी ठगीका उजुरी मन्त्रालयसम्म

वैदेशिक रोजगारीका नाममा चरम ठगी हुन थालेपछि यसको गुनासो वैदेशिक रोजगार विभागमा मात्र नभई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत पर्न थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै यसका नाम हुने व्यक्तिगत र संस्थागत (मेनपावर) ठगी बढेपछि वैदेशिक रोजगार विभागमा गर्नुपर्ने उजुरी मन्त्रालयमा समेत पर्न थालेको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले […]

वैदेशिक रोजगारी ठगीमा निजी फर्म र कन्सल्टेन्सी पनि

वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा मेनपावर एजेन्सी र एजेन्ट संलग्न हुँदै आएकामा अहिले अन्य व्यक्ति र संस्था पनि जोडिन थालेका छन् । लामो समयदेखि आकर्षक रोजगारीको लोभ देखाएर सोझा युवालाई एजेन्सी र एजेन्टले ठगी गर्दै आएका थिए । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै ठगी गर्नेहरुको दायरा पनि फराकिलो बनेको हो । वैदेशिक […]

वैदेशिक रोजगारी ठगी तीन महिनामै दोब्बर

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड–१९ संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरु पनि बढेका हुन् ।गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए । […]

वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।पक्राउपछि उनला

वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका बलेवाका एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो ।उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडौंले दुई वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो । सोही दिनदेखि शर्मा फरार थिए । फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला

वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना पक्राउ

बलेवा । वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका यहाँ एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडौँले दुई वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई एक वर्ष पाँच महिना […]

वैदेशिक रोजगारी : ठगी र मानव बेचबिखनबाट बच्न सकिन्छ

पत्रपत्रिकाहरूमा अक्सर समाचार आइरहेका हुन्छन्– वैदेशिक रोजगारीमा गएका फलाना ठगिए, फलाना विदेशमा बेचिए, फलानाले विदेशमा दुःख पाए, फलाना रित्तै हात देश फर्किए आदि आदि। तर गत १० वर्षदेखि मलेशियामा काम गरिरहेका दोलखानिवासी सीताराम बस्नेतले भने आजसम्म न त्यस्तो कुनै दुःख भोगे, न कसैले ठगे, न रित्तै हात फर्किनुपर्ने अवस्था नै आयो। उनी भन्छन्, ‘१० वर्षअघि […]

वैदेशिक रोजगारी अवस्था बुझ्दै स्थानीय तह

बागलुङ । वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापनालगायत विषयमा जानकारी राख्न बागलुङका दुई पालिकाले लगत संकलन थालेका छन् ।      वैदेशिक रोजगारमा रहेका नागरिक र तिनका परिवारको तथ्यांक तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र निर्माण सुरु गरेका हुन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजगारी विवरण संकलन गर्न आप्रवासी ‘प्रोफाइल’ निर्माण  थालेका हुन् ।      संकलित तथ्यांक प्रोफाइलका रूपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउँदा त्यसैका आधारमा तयार गरिने बागलुङका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । प्रोफाइलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको लागि समर्थनसहित स्थानीय ‘प्रवास प्रशासन’का लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्नेछ ।      प्रोफाइल निर्माणका लागि बागलुङ नगरपालिकाले ४ लाख १६ हजार र काठेखोला गाउँपालिकाले ४ लाख ८ हजार रुपैयाँ विनियोजन गरेका छन् । प्रत्येक वडामा एक गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्यांक संकलन गरिनेछ ।      नगरपालिकाले १४ र गाउँपालिकाले ८ गणक छनोट गरी तथ्यांक संकलन गर्न थालेका छन् । गणकले कोवो सफ्टवेयरमार्फत तथ्यांक लिनेछन् । बीवाईसी बागलुङको व्यवस्थापनमा गणकलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रूपमा तथ्यांक संकलनका लागि वडामा खटाइएटो छ । स्थलगत रूपमा खटाइएका २८ गणकले आगामी माघ ४ गतेभित्र आफ्नो जिम्मेवारीमा परेका वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रित परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनःस्थापित भइसकेकाको विवरण संकलन गर्नेछन् ।      प्रोफाइलमा जनसांख्यिकीय जानकारी, प्रमुख गन्तव्य देश, प्रवासी एवं तिनका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति तथा ज्ञानस्तरसहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले बताए ।      आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीय स्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिविम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) बागलुङका परियोजना संयोजक मीनप्रसाद उपाध्यायले जानकारी दिए । वैदेशिक रोजगारमा ठगी र सम्बन्धित मुद्दा, सामाजिक लागत, चुनौतीलगायतका सुझाव पनि समावेश हुनेछ । रासस