विदेशी मुद्रा भित्र्याउन सकारात्मक प्रभाव

वैदेशिक रोजगारीमा रहेका कामदारहरूलाई आईपीओमा १० प्रतिशत कोटा दिन प्रस्ताव गरिएको छ । त्यसले एक त विदेशी कामदारहरूलाई सेयर बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने तथा विदेशी मुद्रा भित्रयाउनमा समेत सहयोग गर्ने आकलन गरिएको छ । अर्को कुरा, रेमिट्यान्सको माध्यमबाट नेपाल आएको अधिकांश रकम उपभोगमा खर्च हुने भएकाले पनि आईपीओमा कोटा दिँदा उत्पादनमूलक क्षेत्रमा लगानी हुने […]

सम्बन्धित सामग्री

सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरू सकारात्मक देखिएका छन्।...

सात महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स, १२ महिनाको आयात धान्ने

काठमाडौं – चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब […]

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ, २६ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ । शोधनान्तर स्थिति बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत […]

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

काठमाडौँ, १ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकाङ्क सकारात्मक छन् । सरकारले गत […]

दक्ष जनशक्ति उत्पादन र रोजगारी

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य बढेको छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढदा त्यसको सकारात्मक पक्ष रेमिट्यान्सबाट प्राप्त भइरहे पनि अन्तरिक रोजगारी सिर्जनाका विकल्प कम हुँदै गएको र श्रमशक्ति पलायन पनि सँगसँगै बढेको छ । विश्वका अधिकांश मुलुकको विदेशी मुद्रा आर्जनको एउटा प्रमुख स्रोत रेमिट्यान्स बन्दै […]

अर्थतन्त्रका सूचकमा सुधार

काठमाडौं, पुस १ । चालू आर्थिक वर्ष (आव) को चौथो महीना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य […]

अर्थतन्त्रका सूचकमा सुधार

चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो ।नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन् ।यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्

रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा सुधार

काठमाडौं । केही महीनादेखि सरकारलाई झस्काउन थालेका अर्थतन्त्रका सूचकमा सुधारको संकेत देखिएको छ । सरकार र नेपाल राष्ट्र बैंकले चालेका नीतिगत कदमले रेमिट्यान्स (विप्रेषण), विदेशी विनिमय सञ्चितिजस्ता सूचकमा सकारात्मक प्रभाव देखिन थालेको हो । राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत चैतमा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति जस्ता सूचकमा अघिल्ला महीनाको तुलनामा सुुधार देखिएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो महीनादेखि नै अघिल्लो वर्षको तुलनामा कम रहेको विप्रेषण आप्रवाह चैतमा आइपुग्दा लगभग स्थिर देखिएको छ । गत साउनदेखि चैतसम्ममा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो आवको यही अवधिको तुलनामा यो शून्य दशमलव ६ प्रतिशत मात्र कम हो । चालू आवको साउनमा विप्रेषण आप्रवाह अघिल्लो वर्ष साउनको तुलनामा १८ प्रतिशतले घटेको थियो । फागुनसम्म मासिक औसत ७८ अर्ब रुपैयाँ बराबर विप्रेषण भित्रिएकोमा चैतमा ९३ अर्ब ५५ करोड रुपैयाँ बराबर भित्रिएको छ । फागुनमा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । विदेशी मुद्रा आर्जनको मुख्य स्रोत विप्रेषण घट्न थालेपछि यसलाई बढाउन बैंकहरूले त्यसको निक्षेपमा अन्यको तुलनामा १ प्रतिशत विन्दुले बढी ब्याज दिन थालेका छन् । यसैगरी हुन्डी कारोबारलाई हटाउन राष्ट्र बैंकले आन्तरिक रकम ट्रान्सफरमा समेत सीमा तोकेको छ । कोभिड–१९ महामारी कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि तथा अमेरिकी डलरको भाउ उच्च भएकाले विप्रेषणमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । सञ्चितिमाथिको दबाब घट्यो विप्रेषणलगायत विदेशी मुद्रा आम्दानीमा सुधार आएपछि चैत महीनामा विदेशी मुद्राको सञ्चितिमाथिको दबाब केही घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । चालू आवको ८ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महीनाको वस्तु र ६.६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जानकारी दिएको छ । फागुनको तुलनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति बढेको छ । फागुनसम्म अमेरिकी डलरमा सञ्चिति ९ अर्ब ५८ करोड कायम रहेकोमा चैतमा ९ अर्ब ६१ करोड पुगेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि पछिल्लो समय सरकार र राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति लिएका छन् । राष्ट्र बैंकले विलासी सामान आयातमा शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छ भने सरकारले १० प्रकारका सामान आयातमा असार मसान्तसम्मका लागि रोक लगाएको छ । विप्रेषण आप्रवाह सुधार भए पनि चालू खाता र शोधनान्तर घाटा भने बढिरहेको छ । चैतसम्ममा चालू खाता ५ खर्ब १२ अर्ब ७१ करोडले र शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो भने शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । मूल्यवृद्धि उच्च चैत महीनामा महँगी भने उच्च दरले बढेको छ । राष्ट्र बैंकका अनुसार गत चैतको महँगी दर (उपभोक्ता मुद्रास्फीति) ७ दशमलव २८ प्रतिशत छ । फागुनमा यो ७ दशमलव १४ प्रतिशत थियो । रूस–युक्रेन तनावले विश्वमा डलर, पेट्रोलियम पदार्थ र अन्य वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो । २०७७ चैतको तुलनामा यो चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू–तेलमा २८ दशमलव ३६, दुग्ध पदार्थ तथा अण्डामा ११ दशमलव ५६, दाल तथा गेडागुडीमा १० दशमलव ५३ र सुर्तीजन्य पदार्थमा ८ दशमलव ९१ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटकको बढ्दो संख्या : विदेशी मुद्रा सञ्चितिमा सकारात्मक अपेक्षा

काठमाडौं । सन् २०२२ को शुरूदेखि नेपाल आउने विदेशी पर्यटकको संख्या बढिरहेको छ । पर्यटक आगमनमा सुधारसँगै विदेशी मुद्रा आर्जनमा पनि टेवा पुग्न थालेको देखिएको छ । अर्थतन्त्रको बिग्रँदो अवस्थाबीच पर्यटक आगमन बढ्दा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।  नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ को मार्चमा मात्रै ४२ हजार ६ विदेशी नेपाल आएका छन् । सन् २०२१ को मार्चमा यस्तो संख्या १४ हजार ९ सय ७७ थियो । कोभिडपछि पर्यटक आगमनमा सुधार देखिएको बोर्डका  निर्देशक मणिराज लामिछानेले बताए । उनले पर्यटकबाट मार्चमा ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भएको बताए ।  बोर्डका अनुसार छिमेकी भारतलगायत देशबाट मार्चमा १७ हजार ६ सय ६१ पर्यटक नेपालमा आएका छन् । यूरोपबाट आउनेको संख्या पनि उल्लेख्य बढेको छ । मार्चमा यूरोपेली मुलुकबाट ११ हजार २ सय ७७ पर्यटक नेपाल आए । पोहोर मार्चमा यो संख्या जम्मा १ हजार ७ सय ९० थियो । अमेरिका र क्यानडाबाट ५ हजार ६ सय ४६ पर्यटक आएका छन् ।  उत्तरको छिमेकी चीनबाट आउने पर्यटक संख्या भने घटेको छ । मार्चमा ४ सय ३१ जना पर्यटक मात्र चीनबाट नेपाल आएका छन् । पोहोर मार्चमा चीनबाट १ हजार २ सय ७ जना नेपाल आएका थिए । सामान्य अवस्थामा पर्यटनबाट राम्रो आम्दानी हुने हुँदा विदेशी मुद्रा आर्जनमा यस क्षेत्रले योगदान गरेको लामिछानेको भनाइ छ । सन् २०१९ को तुलनामा कोभिड महामारीका २ वर्ष सन् २०२० र २०२१ मा आम्दानी क्रमशः २० र १५ प्रतिशतमा खुम्चिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार कोरोनाअघिको आर्थिक वर्ष २०७५/७६ मा नेपालले ७५ अर्ब ३७ करोड रुपैयाँ बराबर वैदेशिक मुद्रा आर्जन गरेको थियो । उक्त आम्दानी भने कोभिडपछि स्वाट्टै घट्यो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनामा पर्यटनबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन भएको छ । गतवर्षको यही अवधिमा जम्मा ३ अर्ब ८९ करोड रुपैयाँ आम्दानी थियो ।  पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अहिलेको अर्थतन्त्रलाई भरथेग गर्न पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन् । ‘नेपालमा वैदेशिक मुद्राका स्रोतमध्ये छिट्टै असर देखाउने भनेको पर्यटन क्षेत्र हो,’ उनले भने, ‘पर्यटक आगमनमा सुधार हुनासाथ यो क्षेत्रले अर्थतन्त्रमा १५ देखि २० प्रतिशतसम्म योगदान दिन सक्छ ।’  सामान्य अवस्थामा नेपालले पर्यटन क्षेत्रबाट अर्बौं आम्दानी गरेको भन्दै उनले कोरोना र द्वन्द्वबीचमा पनि पर्यटक नेपाल आउन उत्साहित भएकाले तत्काल केही काम गर्न गर्नुपर्ने उनले बताए । सरकार तथा सम्बद्ध निकायले पर्यटक ल्याउने एयरलाइन्स कम्पनीलाई प्रोत्साहित गर्नुपर्ने, स्रोत बजारसम्म प्रचारप्रसार र नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने जोशीको सुझाव छ । पर्यटक आगमनलाई व्यवस्थित गर्न जरुरी रहेको भन्दै उनले थपे, ‘पछिल्लो अर्थतन्त्रलाई भरपर्दो आधार दिने भनेको पर्यटन क्षेत्रले नै हो, अन्य स्रोतबाट तत्काल राहत हुँदैन ।’ नेपालमा खासगरी विदेशी मुद्रा ल्याउने स्रोतमा रेमिट्यान्स (विप्रेषण), वैदेशिक लगानी, पर्यटकले गर्ने खर्च र वैदेशिक सहायता तथा ऋण हो । तर, अहिले विप्रेषण र पर्यटकबाट हुने आम्दानीले मात्रै अर्थतन्त्रलाई टेवा दिन सक्ने देखिएको छ । वैदेशिक लगानी प्रतिबद्धताका रूपमा आउने भएकाले तत्काल राहत नदिने जोशीको भनाइ छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि दबाबमा राष्ट्र बैंक

काठमाडौं । विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएपछि नेपाल राष्ट्र बैंकमा दबाब बढेको छ । नीतिगत व्यवस्थापछि पनि विदेशी मुद्रा सञ्चितिमा सकारात्मक लक्षण नदेखिएपछि केन्द्रीय बैंकमा दबाब बढेको हो । गत असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । माघमा घटेर ११ खर्ब ७३ अर्ब २ करोडमा सीमित भएको छ । विप्रेषणलगायत विदेशी मुद्रा आर्जनमा गिरावट र उच्च आयातले विदेशी विनियम सञ्चिति घटिरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासबाट आयात निरुत्साहित गर्ने नीति लिए पनि त्यसको प्रभाव देखिएको छैन । यसैबीच सोमवार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर कैयौं वस्तु आयातको एलसी (प्रतीतपत्र) नखोल्न मौखिक निर्देशन दिएको छ । यद्यपि, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल अहिले अर्थतन्त्रको अवस्था त्यति कमजोर नभएको दाबी गर्छन् । ‘राष्ट्र बैंकको नीतिगत व्यवस्थाकै कारण हाम्रो विदेशी मुद्रा सञ्चिति धेरै घटेको छैन,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था आएको होइन, अलर्ट हुन मात्र खोजेका हौं ।’ राष्ट्र बैंक आयात रोक्ने निकाय नभएकाले बैंकहरूलाई आयात बन्द गर्न निर्देशन नदिएको र आयात कर्जाबारे सामान्य छलफल मात्र भएको पोखरेलले जानकारी दिए । ‘हामीले आयात रोक्न सक्दैनौं,’ उनले भने, ‘तर, उद्योग वाणिज्य महासंघकै नेताबाट आयातमा रोक लगाएको सामानको लिस्ट भेटिएन भनेर फोन आयो ।’ राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारीहरूसँग कर्जाको अवस्थाबारे छलफल गरेको र एलसी खोल्दा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासबाटै आयात कर्जा निरुत्साहित गर्ने नीति लिएको थियो । उसले मङ्सिर १० गते चाँदी आयात गर्दा एकपटकमा ३५ हजार डलरभन्दा बढी सटही नगर्ने गरी सीमा तोक्यो । सुन आयात कोटामा ५० प्रतिशतले कटौती गर्नेदेखि विलासी वस्तु आयात निरुत्साहित गर्न ४७ किसिमका हार्मोनिक सिस्टम कोडअन्तर्गतका सामान आयातमा नगद मार्जिनको व्यवस्था गर्‍यो । यसैगरी विदेशी मुद्राको सञ्चिति बढाउन राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई डलरमा खाता खोल्ने प्रावधान लचिलो बनाए पनि विदेशी मुद्रा बढ्न सकेको छैन । बैंकरहरूले भने विलासी सामानको आयातमै रोक लगाउनुपर्ने सुझाव दिँदै आएका छन् । ‘अहिले एलसीको डिमान्ड उच्च छ, यो रोक्ने अधिकार हामीलाई छैन, रोक्ने हो भने तपाईंहरूले हो, जुन समय आइसक्यो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले केही अघि अर्थ समितिको बैठकमा भनेका थिए । अर्थतन्त्रका सूचकहरू नकारात्मक भए पनि अहिलेसम्म सरकारले सुरक्षात्मक नीति नल्याएको भन्दै आलोचना हुने गरेको छ ।