फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ। लियोनको मैदानमा खेल सुरु भएको पाँच मिनेटमै रोक्नु परेको हो । मार्सेइलीका दिमित्री पेयटको टाउकोमा दर्शकले बोतलले हिर्काएपछि खेल रोकिएको हो । खेल रोकिएको झण्डै दुई घण्टापछि औपचारिक रुपमा खेल रद्द गरिएको जानकारी दिइएको थियो।