बैतडी : बैतडीका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। जिल्लाको दशरथचन्द नपाले बिहीबार र पाटन नपाले बुधबार सार्वजनिक बिदा दिएका हुन्। दशरथचन्द नपा–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नपाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए।त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र शुक्ल नवमीमा भव्य जात्रा लाग्ने गर्दछ। यहाँ भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।यस्तै पाटन नपा–२ स्थित महारुद्र मन्दिरमा लाग्