काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई पनि समेटेको जानकारी दिएको हो । गएको फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो । यो हारसँगै नेपाल श्रीलङ्कामा हुने एसिया कपमा छनोट हुन […]
कमजोर बलिङ र फिल्डिङपछि नेपालको महिला एसिया कप क्रिकेटमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपाल शुक्रबार एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । तर, नेपाल फेरि एक पटक सेमिफाइनलमै रोकियो ।
काठमाडौ । यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मलेसियामा आज भएको सेमिफाइनलमा नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।
नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो, जसमा जापानले २२ ओभरमा जितका लागि १८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो ।
नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो ।
नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र २ छक्काको मद्दतमा ७९ रन बनाए । त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडेका थिए ।
अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएई भने सेमिफाइनलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गरी नेपाली क्रिकेट टिमले आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई पराजित गरी नेपाल एसिसी प्रिमियर कप च्याम्पियन भएकोमा खुसी […]
काठमाडौं,एसीसी प्रिमियर कप क्रिकेटको उपविजेता बनेको यूएईले नेपाली क्रिकेट टिमलाई बधाई दिएको छ । आज भएको फाइनल खेलमा नेपालसँग पराजित भएपछि एसिया कप खेल्न बाट बञ्चित भएको यूएईले नेपाल एसिया कपमा छनोट भएकोमा बधाई दिएको हो । आज भएको फाइनलमा नेपालसँग ७ विकेटले पराजित भएपनि यूएईको क्रिकेट बोर्डले ट्विटगर्दै लेखेको छ । ‘बधाई नेपाल । […]
काठमाण्डाै - २० वर्षमुनिको एसिया कप छनोटमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा बहराइनले नेपाललाई ६–० गोलले हरायो । बहराइनले २० मिनेटमा गोलको सुरुवात गरेको थियो ।
खेलको २८औँ मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।
पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप चार गोल खायो । हारसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ ।
नेपाल पहिलो खेलमा भुटान र दोस्रो खेलमा कतारसँग पराजित भएको थियो । ने...
एएफसी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको छ। कतारस्थित दोहाको सुहिम विन हमाद रंगशालामा भएको अन्तिम खेलमा यमन तीन अंक जोड्दै एसिया कपका लागि छनोट भयो। खेलको अन्त्यतिर पाएको पेनाल्टीमा गोल गरेपछि यमन छनोटमा परेको हो।
सुरुवाती अग्रता बनाएको यमनविरुद्ध नेपाली टिमले पहिलो हाफमा अग्रता तोड्...
मलेसियालाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालार्इ फराकिलो अन्तरमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनोटसमेत भएको छ। मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १…
मलेसियालाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालार्इ फराकिलो अन्तरमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनोटसमेत भएको छ। मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १…