'भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न' भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।