काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा सरेको छ । शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करीब २०० मिटर दक्षिण भद्रपुर रोडमा सरेको हो । मंगलवार विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले संयुक्त रूपमा गरेका हुन् ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले ग्राहकको आवश्यकतालाई सम्बोधन गर्दै आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।