गौरीशङ्कर संरक्षण क्षेत्रमा एउटै मेनु

दोलखाको गौरीशङ्कर गाउँपालिका ९, स्थितको रोल्वालिङ उपत्यकामा भ्रमण गर्ने पर्यटकलाई लक्षित गरी मेनु लागू गरिने भएको छ । होटल तथा लज सञ्चालकले मनोमानी ढङ्गले पैसा असुल्ने गरेको नकारात्मक सन्देश आउन थालेपछि एकरूपता ल्याउन मेनु लागू गरिन लागिएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कालिञ्चोकका होटेलको अनुगमन, जनैपूर्णिमाभित्र अनिवार्य मेनु राख्न निर्देशन

होटेल व्यवसायीहरूले महँगो शुल्क लिने गरेको गुनासो बढेपछि दोलखाको सरकारी टोलीले कालिञ्चोकको कुरी क्षेत्रमा

दश प्रतिशत सेवा शुल्क खारेज: ‘मेनु’ को मूल्य बढ्नेछ, उपभोक्तालाई सस्तो पर्दैन

सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्‍यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ता...

दश प्रतिशत सेवा शुल्क खारेज: ‘मेनु’ को मूल्य बढ्नेछ, उपभोक्तालाई सस्तो पर्दैन

सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्‍यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ता...

‘होमस्टे’ कार्यविधि भदौ १ देखि

सरकारले गत हप्ता पर्यटकको बसाइलाई व्यवस्थित गर्न ‘होमस्टे’ कार्यविधि जारी गरेको छ । कार्यविधि भदौ १ गतेबाट लागू हुनेछ । कार्यविधिमा पर्यटकलाई वास, खाना र अन्य पर्यटकीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रूपमा सञ्चालन गरिएको सेवालाई होमस्टे मानिएको छ । नेपाल पर्यटक वर्ष २०११ को पूर्वसन्ध्यामा पर्यटन नीति २०६५ को उद्देश्यअनुसार आएको कार्यविधिको प्रमुख उद्देश्य जथाभावी रूपमा सञ्चालित होमस्टे सेवालाई नियमन प्रभावकारी बनाउनु भएको बताइएको छ । ‘ग्रामीण तथा शहरी क्षेत्रमा सीमित होम स्टेको माध्यमबाट पर्यटनको विकास, प्रवद्र्धन, व्यवस्थापन र नियमन गर्न होम स्टे कार्यविधि आवश्यक छ,’ पर्यटन मन्त्रालयका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराई भन्छन् । कार्यविधिमा उल्लिखत बुँदाहरू सकारात्मक हुँदाहुँदै पनि यसको सफल कार्यान्वयनमा अन्योल र चुनौती देखिएका छन् । कार्यविधिले पर्यटनको लाभलाई ग्रामीण समुदायसम्म पु¥याउने उद्देश्य बताइए पनि यसका कतिपय प्रावधान अनुपयुक्त देखिन्छन् । खान पनि विवरण तथा मूल्य निर्धारण भएको मेनु हुनुपर्ने गोठ घरभन्दा टाढा हुनुपर्ने जस्ता प्रावधान नेपालको गाउँघरको परिप्रेक्ष्यमा त्यति व्यावहारिक देखिँदैन । ‘अतिथि देवो भव’को मान्यतामा चल्दै आएको हाम्रो सामाजिक पद्धतिको कारण ग्रामीण पर्यटन व्यावसायिक नभएर सेवामुखी छ । कतिपय स्थानमा यस्तो सेवा निःशुल्कसमेत छ । कार्यविधिले यस्तो सेवालाई समयानुकूल नियमित र व्यावसायिक बनाउने उद्देश्य लिएको छ । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

जाल छल्दै बगाले बगेडी

गएको माघ महिनामा पूर्वी नेपालका सिमसार र त्यसआसपासका क्षेत्रमा बसाइँ–सराइ गरी आउने चराको अध्ययन अनुसन्धानमा संलग्न भएका थियाँै । अनुसन्धानको क्रममा एक दिन धनुषाको लालगढमा रहेको एक होटलमा खाना खान रोकियौँ । राजमार्गमा सञ्चालित होटलमा चरा र अन्य वन्यजन्तुको व्यापार कस्तो छ भन्ने थाहा पाउनु पनि हाम्रो उद्देश्य थियो । होटलमा बाहिरै झुन्ड्याइएको मेनु हे¥यौँ, जसमा लेखिएको थियो बगेडी रु. ४५० प्रतिप्लेट, बट्टाई ढुकुर रु. १३० प्रतिपिस ........आदि । मन चसक्क भयो । केही घण्टा त्यहीँ बस्ने निधो गरी सादा खाना खायाँै र त्यहाँको चहलपहल नियालिराख्यौँ । अधिकांश ग्राहक बगेडीको मासुमा आकर्षित देखिन्थे । यसबारे हामीले होटल सञ्चालकसँग छलफल पनि ग¥यौँ । सबैभन्दा दुःखको कुरा स्वयम् होटल सञ्चालक र ग्राहक पनि

रोल्वालिङ क्षेत्रका होटलमा मूल्यसूची

रोल्वालिङ क्षेत्र भ्रमणमा जाने पर्यटकहरूका लागि अब बसाइ व्यवस्थापन गर्न सहज हुने भएको छ । रोल्वालिङ क्षेत्रको गौरीशंकर गाउँपालिका–९ को सिमिगाउँदेखि ना गाउँसम्मका होटलमा होटलमा खानेकुराको मूल्यसूची(मेनु)को व्यवस्थापन गरिएको छ । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा रोल्वालिङ क्षेत्रमा आउने पर्यटकहरूको सहजताका लागि सबै होटलमा मेनुको व्यवस्था गरेको हो । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले पर्यटकीय क्षेत्रका होटल व्यवसायीहरूलाई तालिमपछि मेनुसमेत बनाएर हस्तान्तरण गरेको छ ।