काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार श्रीडी कोलोनी बस्ने अन्जु आचार्यको घरबाट नगद र सुनका विभिन्न गहना समेत गरी करिब ११ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । उनको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मण्डिखाटारबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।