तरुण दलका अध्यक्ष बस्नेत एक नम्बर मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत एक नम्बर मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ एक नम्बरमा मत ल्याएर बस्नेत विजयी भएका हुन् । बस्नेतले ३९९ मत मध्ये २७८ मत प्राप्त गरेका छन् । बस्नेतले १४ औं महाधिवेशनमा काँग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

तरुण दलका अध्यक्ष बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं : तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट बस्नेत खुल्लातर्फ ३९९ मतमध्ये २७८ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। खुल्लातर्फ उनी पहिलो मत पाएर निर्वाचित बनेका हुन्।

ओली पक्षले सुनसरीमा समानान्तर कमिटी बनाएको हो, बैधानिक अध्यक्ष बस्नेत हुन्

सुनसरी जिल्लामा नेकपा एमालेको वैधानिक अध्यक्ष रेवतीरमण भण्डारी हुन् कि रमेश बस्नेत भन्ने विवाद बाहिर आएको छ । एमाले सुनसरी जिल्लाको अधिवेशन २०७० सालमा सम्पन्न भएको थियो । र, त्यो अधिवेशनले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष छानेको थियो । तर, अहिले वैधानिक अध्यक्ष रमेश बस्नेत नै हुन् ।२०७१ सालमा पार्टीको नवौं राष्ट्रिय महाधिवेशन भयो । सो महाधिवेशनमा तत्कालीन जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले केन्द्रीय लेखा समितिमा उम्मेदवारी दिनुभयो । एमालेको विधानले के भन्थ्यो भने कुनै पनि तहको नेतृत्वले आफूभन्द