काठमाडौं : तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट बस्नेत खुल्लातर्फ ३९९ मतमध्ये २७८ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
खुल्लातर्फ उनी पहिलो मत पाएर निर्वाचित बनेका हुन्।