चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

३० पुस : चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । त्यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए । डिसेम्बरको मध्यतिर […]

सम्बन्धित सामग्री

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना, नाकामा एन्टीजेन परीक्षणमा कडाइ

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिन थालेको छ ।      जिल्ला स्वास्थ्य कार्यालय, कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।’  सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । ‘अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ,’ पन्तले भने, ‘यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।’ कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ ।  जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । ‘अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौं,’ उनले भने, ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान शुरू हुँदैछ ।’   नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन् । ४ लाख ४ हजार ५४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ३ लाख ६४ हजार ७८५ जनाले दोस्रो मात्रा लगाएका छन् ।  त्यसैगरी २ लाख १६ हजार ६६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । ‘खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ,’ पन्तले भने । रासस

भारतमा बढ्न थाल्यो कोरोना सङ्क्रमण, आज थपिए ४५ सय, नौ जनाको मृत्यु

भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । केही दिनयता लगातार बढिरहेको सङ्क्रमितको संख्या सोमबार आइपुग्दा ४ हजार ५ सय नाघेको छ । संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ …

चीनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थाल्यो

एजेन्सी। चीनमा कोरोना सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ। कोरोनाको उद्गमस्थल चीनमा आइतबार कोरोनाका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ। ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ। चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका थिए। त्यसैगरी युनान, लियानिङमामा अरु सङ्क्रमित समेत भेटिएको बताइएको छ।

बाढीपहिरोका कारण बढ्न थाल्यो पानीजन्य रोगको सङ्क्रमण

मनाङ। हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन्। हाल अस्पतालमा पानीजन्य रोगका बिरामीको संख्या बढ्न थालेको जिल्ला अस्पतालकी डा. प्रतिभा गौलीले बताइन्। बाढीपहिरोले खानेपानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको हुन थालेपछि आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ। त्यसले गर्दा कोभिडसँगै पानीजन्य रोग फैलिने चिन्ता बढेको उनको भनाई छ।