भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना, नाकामा एन्टीजेन परीक्षणमा कडाइ

कञ्चनपुर । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिन थालेको छ ।      जिल्ला स्वास्थ्य कार्यालय, कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।’  सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । ‘अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ,’ पन्तले भने, ‘यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।’ कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ ।  जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । ‘अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौं,’ उनले भने, ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान शुरू हुँदैछ ।’   नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन् । ४ लाख ४ हजार ५४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ३ लाख ६४ हजार ७८५ जनाले दोस्रो मात्रा लगाएका छन् ।  त्यसैगरी २ लाख १६ हजार ६६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । ‘खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ,’ पन्तले भने । रासस

सम्बन्धित सामग्री

अग्रपङ्क्तिमा खटिने कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा अग्रपङ्क्तिमा रहेर नियमित सेवा दिने सबै व्यवसायी एवं कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले हिजो (बिहीबार) जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमित सेवा दिने कर्मचारीको […]

भोलिदेखि संसद सुरु हुने, आज एन्टीजेन परीक्षण गरिदै

काठमाडौं, २७ मंसिर । संघीय संसदको भोलि (मंगलबार)देखि बैठक सुरु हुने भएको छ । बैठक अघि कोभिड–१९ को एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघिय संसद् सचिवालयले एक सुचना जारी गर्दै सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तराट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा एन्टिजेन परीक्षण भइरहेको जानकारी दिएको छ । सचिवालयले  सुचनामार्फत […]

त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षण नहुँदा कामदारहरु यूएई जान पाएनन्

सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौँ-दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न भने पाएनन् । हिमालय एयरलाइन्सको उडान नम्बर ९५६५ कुनै यात्रु पनि दुबई लान नसक्ने भन्दै पन्छिए पछि राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै अलपत्र परे। यात्रु नलिइ हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि खाली उड्यो ।गो

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा समुदायस्तरमा एन्टीजेन परीक्षण

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ब्यवस्थापनमा समुदायस्तरमा १ हजार ३ सय ८ जनामा एन्टिजेन परीक्षण गरेको हो।

वीरगञ्ज महानगरले सोमबारदेखि एन्टीजेन परीक्षण गर्ने

२६ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि स्वाब नमुना संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ । तीन दिनदेखि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा नारायणी अस्पतालले एउटा पनि रिपोर्ट नपठाएपछि विवाद भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख […]

अब काठमाडौं प्रवेश गर्ने शंकास्पद व्यक्तिको एन्टीजेन परीक्षण गरिने

नेपाल समाचारपत्र, काठमाडौं । केही दिन देखि भारतमा कोरोना संक्रमितको संख्या ह्वातै बढेसँगै भारतबाट नेपाल प्रवेश गर्ने हरुमा पनि नयाँ मेरियन्ट प्रमाणित भएकाले नेपालका विभिन्न नाका लगायत काठमाडौं उपत्यकामा प्रवेश गर्ने नाकाहरुमा शंकास्पद व्यक्तिमा एन्टीजेन परीक्षण गर्ने तयारी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खुल्ला सिमाना र कोरोना संक्रमणका कारण भारतमा कामका लागि […]

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण

कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकलले अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।

काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गरिने

काठमाडौँ । अब काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गरिने भएको छ । आइतबार बसेको जिल्ला कोभिड– १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको हो ।

काठमाडौँ प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने

काठमाडौँ । सरकारले काठमाडौँ प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गर्ने भएको छ । नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको हो ।