मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय हो : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन्। अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पारे । “देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भने । नेकपा […]

सम्बन्धित सामग्री

अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक हुनु नै चिन्ताको विषय

मुलुकको अर्थतन्त्र लयमा छ, लयमा छैन, समस्यामै छ वा छैन भन्ने अनेक बहस अहिले पनि चलिरहेको छ । सरकारको दावी र बजारको अवस्थालाई हेर्दा यो बहस अनुचित छैन । नेपालको अर्थतन्त्र कहिल्यै पनि मजबुत थिएन । अर्थतन्त्रको ठूलो हिस्सा सरकारसंग जोडिएकै छैन । यो नै चिन्ताजनक रहेको र यसलाई सकेसम्म राष्ट्रिय आर्थिक प्रणालीमा जोड्न विज्ञहरुले …

मौद्रिक नीति सूत्रमा आधारित प्राविधिक विषय मात्रै हो ?

राजनीतिज्ञले मुलुकको अर्थतन्त्र भनेको विधि–प्रक्रिया, सूत्रमा बन्ने–बिग्रने र प्राविधिक विषय मात्र होइन भन्ने बुझ्न जरुरी छ अर्थमन्त्रीले आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना पहिला नै बजेट वक्तव्य दिने व्यवस्था संविधानमै मिलाइएको...

अर्थतन्त्र ओरालो लाग्नु चिन्ताजनक : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पार्नुभयो । “देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भन्नुभयो । नेकपा (एमाले) …

आर्थिक अवस्था विग्रिएका बेला रकम बाँड्दै जानु राम्रो होइन

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको अर्थतन्त्र विग्रिएका बेला अयोग्य लडाकुलाई रकम दिने विषय राम्रो नभएको र यसबारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । शुक्रबार जनकपुरमा पत्रकारहरुमाझ बोल्दै अध्यक्ष नेपालले अयोग्य लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताउँदै यस विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । नेपालले पैसा …

अर्थतन्त्रमा समस्या छन् तर काबुभन्दा बाहिर गएको छैनः अर्थमन्त्री पौडेल

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन्। बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन्। उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए। […]

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछः अर्थमन्त्री पौडेल

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताउनुभएको हो । उहाँले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न […]

अर्थतन्त्र काेल्याप्स हुँदै, भ्रष्टहरू अर्थमन्त्री नबनून्

मुलुक चाडबाड हुँदै चुनावी परिणाममा रमिरहेको छ । मुलुक चुनावी परिणामको उत्सुकतामा छ । भावी राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख को बन्दैै होलान् भन्ने चासो छ । तिनै उत्सुकताबीच मुलुकको अर्थतन्त्र चाहिँ निकै रोगी बन्दै गएको विषय कसैको चासोमा परेको देखिँदैन । मुलुकको अर्थतन्त्र रोगी बन्दै जाँदा आर्थिक कारोबारमा संलग्न व्यापा...

महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने योजना बनाउनुपर्ने आवश्यकता

मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको अवस्थामा वर्षैपिच्छे राज्यका जिम्मेवार निकायको बेरुजु बढ्नु चुनौतीको विषय भएको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले महालेखापरीक्षकसँगको छलफलमा सांसदहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । छलफलमा सांसदहरुले बजेट खर्च गर्दा अनियमिता भएकाले नै बेरुजु बढ्दै गएको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने […]

मुलुकको अर्थतन्त्र सुधारको बाटोमा : गभर्नर अधिकारी

मंसिर ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारी कायमै रहेता पनि मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढेको बताएका छन्  । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले बुधवार आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले असोज महीनायता भएको सरकारी खर्चले पनि यसको पुष्टि हुने बताए । कोभिडका कारण अर्थतन्त्रमा चाप बढेता पनि केन्द्रीय बैंकले त्यसको व्यवस्थापनको लागि प्रयास गरिरहेको बताए । उनले समग्र अर्थतन्त्रमा केन्द्रीय बैंकको नीतिले जोगाउने काम गरेको भन्दै अहिले तरलताको समस्या टार्न अर्बौंको तरलता बजारमा पठाएको समेत बताए। उनले आर्थिक पुनरुत्थानमा सार्वजनिक साझेदारी अत्यन्त महत्वपूर्ण विषय भएकाले सरकारले पनि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढेको बताए ।यो वर्ष कर्जाको माग धेरै भएको कारण ब्याजदर केही माथि गएको भन्दै उनले चालू आर्थिक वर्षमा मूल्य वद्धिमा चाप पर्ने देखिएको बताए । कर्जाको ब्याजदर अझै दोहोरो अंकमा नपुगेकोले आत्तिनुपर्ने अवस्था नआएको पनि उनले बताए । यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडकै समयमा पनि मुलुकको अर्थतन्त्र विस्तारै अगाडि बढ्न थालेको तर अझै पनि पर्यटन, बैकिंग लगायतका केहि क्षेत्रमा संकट कायमै रहेको बताए । उनले पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको पुनरुत्थानको लागि सवै पक्ष गम्भिर भएर लाग्नुपर्ने बताए । साथै उनले  मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) परियोजना मुलुकको अर्थतन्त्र विकासको लागि अत्यन्त आवश्यक रहेको भन्दै यो अवसर नेपालले गुमाउन नहुने पनि बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजले मुलुकको गतिविधिले सबै क्षेत्रमा सकारात्मक तरिकारले सम्प्रेषण गर्न सहयोग गरिरहेको बताए । उनले आर्थिक क्षेत्रमा आबद्ध पत्रकारहरुले सत्य, तथ्य तथा मुलुकको पुनरुत्थान गर्न सहयोग गरेको बताउँदै अझै यस क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे । त्रिभुवन विश्वविद्यालयका केन्दीय अर्थशास्त्र विभाग प्रमुख प्राडा शिवराज अधिकारीले पत्रकार सरकारको वाचडगको रुपमा भएकाले नीति नियममा प्रभावकारी कार्यान्वयन गर्नका लागि जोड दिनुपर्ने बताए । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोभिड - १९ ले गर्दा थलिएको अर्थतन्त्र निकै गम्भीर बनेको बताए । सरकार निजी क्षेत्रको जस्तो सबल बन्न नसकेको भन्दै उनले सरकारको आर्थिक क्षेत्रका समृद्धिका लागि साझेदारीका साथ अघि बढ्ने बताए । साथै, उनले सरकारले नीतिगत व्यवस्थापन गरेमा सहज ढंगले अघि बढ्न सक्ने जिकिर गरे । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारले कोरोनाको खोपलाई प्राथमिकता दिएको बताए । उनले सरकारले सबै क्षेत्रलाई प्याकेजको व्यवस्था गर्नुका साथै सामाजिक सुरक्षामा पनि ध्यानमा राखेर राहत प्रदान गरेको बताए । सरकारको समृद्धिको सपना साकार पार्नका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिंदै उनले निजी क्षेत्रको सहयोग विना सरकारले कुनै पनि कार्यको पूर्णता दिन नसक्ने  पनि बताए ।