गैँडा गणना सकियो, आज नतिजा सार्वजनिक हुँदै

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना सकिएको छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार शुक्रबा साँझ गणना सम्पन्न गरिएको र आज  दिउँसो नतिजा सार्वजनिक गरिँदैछ।

सम्बन्धित सामग्री

गैँडा गणनामा देखिएका तथ्यहरू

गत चैत २८ गते चितवनको सौराहामा राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गरियो । गैँडा पाइने नेपालका चार वटा संरक्षित क्षेत्रहरूमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गरी नेपालमा कुल ७५२ वटा गैँडाको सङ्ख्या रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यस पटकको गणनामा गैँडाको सङ्ख्या १०७ वटा (१६.६ प्रतिशत) अर्थात् वार्षिक २.७७ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो वृद्धिदर सन् २०१५ को वार्षिक वृद्धिदर ३.४४ प्रतिशतभन्दा कम हो ।

नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ ।  राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालम...

गैँडा गणना आज सकिने

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदैछ । उनले भने, &ls...