सन् १९९८ मा आजकै दिन (मे ११) मा भारतले शृंखलाबद्ध रूपमा परमाणु हतियार परीक्षण गरेको थियो । उक्त परीक्षण राजस्थानस्थित मरुभूमिको पोखरण क्षेत्रमा गरिएको थियो । मे ११ देखि १३ सम्मका परीक्षणपछि भारतले आफूलाई आणविक शक्ति सम्पन्न राष्ट्र घोषणा गरेको थियो ।