परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।