नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य पृथ्वीसुब्बा गुरुङले नेतृत्वको लागि ९० प्रतिशत सहमति भइसकेको दाबी गरेका छन् । १० प्रतिशतमा कुरा मिल्न बाँकी रहेको उनले बताए ।
चितवनको सौराहामा जारी दशौं महाधिवेशनबाट नेतृत्वको लागि केपी ओलीले सूची बनाइरहेका छन् ।
ओली बसेको होटलको लबिमा आएर विष्णु पौडेलले केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारीको सूची प्रिन्ट गरेका थिए ।
‘९० प्रतिशत सहमति जुटिसक्यो, १० प्रतिशत बाँकी छ,’ गुरुङले भने । पदाधिकारीमा सहमति जुट्न नसक्दा ...