भूपू गोर्खा सैनिक र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता तयारी
भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको सम्बोधन हुन बाँकी मागहरूबारे नेपाली प्रतिनिधिमण्डल र बेलायत सरकारबीच प्रारम्भिक छलफल भएपछि दोस्रो चरणको वार्ताको गृहकार्य सुरु गरिएको छ ।
बेलायती सेना सरह समान कामको समान तलब, पेन्सन तथा अन्य सुविधाहरुका लागि लामो समयदेखि ब्रिटिस गोर्खा सैनिकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले नेपाल सरकार, बेलायत सरकार तथा अदालतको ढोका ढक्ढक्याउँदा पनि अझै सबै माग पूरा भएको छैन । केही माग पूरा भएपनि अझै पूर्ण रुपमा असमान व्यवहार समाप्त नभएकोले भूतपूर्व गोर्खा सैनिकहरुले आन्दोलन र वार्तालाई निरन्तरता दिइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा विगत अढाइ दशकदेखि गोर्खाहरुको माग पूरा गराउने अभियानमा निरन्तर लागिरहेका भूपू गोर्खा सैनिक संघ (गेसो)का स