एमालेमा पूर्वमाओवादी : महाधिवेशनमा सहमतिअनुसारको जिम्मेवारी पाउनै सकस

काठमाडाैं : कुनै समय रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उत्तराधिकारीको रूपमा लिइन्थ्यो। प्रचण्डले नेकपा एमालेसँगको गरेको एकतापछि प्रचण्ड र बादलबीचको सम्बन्ध चिसियो।साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केपी शर्मा ओली-प्रचण्ड-माधव नेपाल समूहबीचको आन्तरिक संघर्षका वेला प्रचण्डले बादलको साथ पाएनन्। माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाले पनि नेकपा विभाजनका क्रमम