राधी विद्युत् कम्पनीले बुधबार असोज ५ गतेदेखि १ः१.४७ प्रतिशत अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्त