बेसीशहर । हिमाली जिल्ला लमजुङलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोले झ्याप्पै छोपेको छ । धान र कोदो जस्ता प्रमुख बाली भित्र्याउन भ्याई नभ्याई भएका जनतालाई ‘हात जोड्दै आउने नेताले’ केही अलमल्याएका पनि छन् ।राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ता भने भोट माग्दै गर्दा केही समय पायो भने चुनावी अङ्क गणितको हिसाब गरिरहेका छन् । नेता, उम्मेदवार र कार्यकर्ता मात्रै होइन, यो पार्टी वा यो उम्मेदवारलाई भोट हाल्छु भनेर बसेका मतदाता पनि कुन उम्मेदवारले चुनाव जित्ला भने