नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक किचलो चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई एक महिनाभित्र जेल हाल्छु भनेर ‘शकिङ’ न्युज सुनाएको बताएका छन् ।
प्रतिनिधि सभा विघटनपछि उत्पन्न संवैधानिक र राजनीतिक परिस्थितका सम्बन्धमा बुधवार बिहान केही सम्पादकहरूसँगको छलफलमा नेपालले त्यस्तो दाबी गरेका हुन् ।
‘पार्टी विवाद चलिरहेको थियो । एकदिन उहाँ (प्रधानमन्त्री ओली)ले म एक महिनाभित्र तपाईंहरूलाई एउटा शकिङ न्युज सुनाउनेछु भन्नुभयो । शुरूमा त मलाई कस्तो होला त्यो शकिङ...