कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने

काठमाडौं । कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० […]

सम्बन्धित सामग्री

कोशीमा अध्यादेश जारी भएसँगै बजेट शून्यता हट्यो

मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका छन्। अध्यादेश जारी भएसँगै कोशी प्रदेशमा रहेको बजेट होलीडेको समस्या अन्त्य भएको छ। गत भाद्र १० गतेसम्म तत्कालिन प्रदेश सरकारले प्रतिस्थापन विधेयक वा अध्यादेश जारी गर्न नसक्दा कोशी प्रदेशमा बजेट शुन्यताको अवस्था आएको थियो।अध्यादेश जारी भएपछि राजस्व संकलन र खर्च गर्न कानुनी बाटो खुलेको छ। हिक्मत कुमार कार्की नेतृत्वको सरक

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गर्नुभएको हो । दुई अध्यादेश जारी भएसँगै कोशी प्रदेश […]

कोशी प्रदेश : बजेटका दुई अध्यादेश जारी

कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट सम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।