काठमाडौं: काठमाडौं उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिए नफैलिएकोबारे पत्ता लगाउन सरकारले विभिन्न १० ठाउँको नमुना संकलन गरी परीक्षण गरिरहेको छ। त्यसमध्ये नख्खु र तीनकुनेको नतिजा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी दुई ठाउँका २ सय २८ जनाको स्वाब संकलन गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले