आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । आजको एकादशीमा विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । आज हिन्दु नेपालीहरुले घरघरमा रहेका तुलसीको मठलाई...
मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ मन्दिर दर्शन गर्न जान हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सात जनाको टोलीमा मुक्तिनाथ जान हिँडेकी विनलाई थासाङ गाउँपालिका–१ टुकुचे पुग्दा अक्सिजनको कमी भएपछि […]
२५ पुस, काठमाडौं । नेपालकै लामो पोखरा–मुक्तिनाथ केबलकारको अध्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाइएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार अध्यावधिक डीपीआर बोर्डमा बुझाएको हो । बोर्ड स्रोतका अनुसार सुरुमा कास्कीको बिरेठाँटीमा तल्लो स्टेसनको प्रस्ताव गरेको आयोजनाले अब कास्कीकै नयाँपुलमा तल्लो स्टेसन रहने गरी प्रस्ताव गरेको छ । प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर […]
२१ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी […]
काठमाडौँ – नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन्। पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ। त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नेछन्। भारीय […]
नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् । पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ । त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नेछन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।
‘‘तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ, मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौँ” आफ्नो अति नै मिल्ने साथी राजन गोलेसँग फोनमा भएको कुराकानी सुनाइरहँदा धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरका सोमप्रसाद शर्माले आँशु थाम्न सकेनन् ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटना हँुदा मिथिला नगरपालिका–११ तुल्सीपाटो लोहटा बस्ने ४० वर्षीय राजन गोलेसहित उनको परिवारका सात जनाको मृत्यु भएको थियो । सो घटना सार्वजनिक भएसँगै
जनकपुरधाम : तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो। मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोल
७ असोज, काठमाडौं । आगामी आइतबार (१० असोज) देखि मुक्तिनाथ मन्दिर दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी स्थानीय प्रशासनले मन्दिर खुला गर्ने निर्णय गरेको हो । तर, जिल्लामा प्रवेश गर्ने […]