माेरङ- विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ। महानगरले शनिबार विराटनगर-३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ। महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा विकास निर्माणमा अवरोध भएका संरचना हटाउन सुरु गरेको हो। यसक्रममा कन्यामार्गस्थित स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीकाे पर्खाल महानगरले भत्काएको छ। सो पर्खाल भत्काउन नदिँदा कन्यामार्गको […]