भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन

भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ।

सम्बन्धित सामग्री

हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुर– नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भाव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरू प्रदान गरी उनीहरूले सहयोग गरेको हो । भक्तपुरको चाँगुनाराण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँंग सहकार्य गरी अध्ययन सुरु गरिएको हो । अध्ययनका लागि आवश्यक सामाग्रीहरू जापानस्थित […]

निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवारदेखि

काठमाडौं। नेपालसहित विभिन्न १८ मुलुकका निर्माण व्यवसायीको अन्तरराष्ट्रिय सम्मेलन मंगलवार (मङ्सिर ५ गते)देखि काठमाडौंमा शुरू हुने भएको छ । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका ती मुलुकका निर्माण व्यवसायीको छाता संस्था इन्टरनेशनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का)को सम्मेलन दोस्रोपटक नेपालमा हुन लागेको हो । विश्वभर देखिन थालेको आर्थिक मन्दी र यसबाट नेपाल पनि प्रभावित भएको अवस्थामा भौतिक पूर्वाधारको विकासमा अन्तरराष्ट्रिय लगानी भित्त्याउन सम्मेलन महत्त्वपूर्ण हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । सम्मेलनका क्रममा १० लाख अमेरिकी डलरभन्दा बढी लगानी नेपाल भित्रने अनुमान गरिएको उनको भनाइ छ । महासंघले उक्त सम्मेलन अवधिमा हुने कार्यक्रमका विषयमा पनि जानकारी दिएको छ । सम्मेलनमा इफाप्कामा आबद्ध मुलुकहरूबीच जलवायु परिवर्तनका असर तथा प्राकृतिक विपत्ति व्यवस्थापनको विषयमा छलफल समेत हुनेछ । महासंघका अध्यक्ष सिंह इफाप्काका पनि अध्यक्ष हुन् । उनको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिइएको छ । पत्रकार सम्मेलन गरेर इफाप्काको तयारी पूरा भएको महासंघले जानकारी दिएको छ । ‘दिगो पूर्वाधारमा साझेदारी’ नारा तय गरिएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ । इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले बताएको छ । सम्मेलनमा सदस्य देशका २४२ सहित ५०० भन्दा बढीको सहभागिता रहने महासंघका अध्यक्ष सिंहले जानकारी दिए । सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि काठमाडौं आउन थालिसकेको बताइएका छ । विश्वभर देखिन थालेको आर्थिक मन्दी र यसबाट नेपाल पनि प्रभावित भएको अवस्थामा भौतिक पूर्वाधारको विकासमा अन्तरराष्ट्रिय लगानी भित्त्याउन सम्मेलन महत्त्वपूर्ण हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । जलवायु परिवर्तनको मुद्दा उठाउन र बाह्य पर्यटन विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने महासंघले बताएको छ । सम्मेलनले काठमाडौं घोषणापत्र समेत जारी गर्नेछ । सम्मेलनमा सहभागी हुने प्रतिनिधिका लागि मङ्सिर ४, ५ र ६ गते रजिष्ट्रेशन अवधि तोकिएको छ । ५ गते नै ‘फाइनान्स कमिटी मिटिङ’, ‘प्रेसिडेन्सियल कन्क्लेभ’ र ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ आयोजना गरिँदै छ । यस्तै मङ्सिर ६ मा साधारणसभासहित विभिन्न कमिटीको बैठक आयोजना हुनेछ ।  सोही दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जानेछन् । यस्तै दोस्रो ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ र ‘इमर्जिङ योङ लिडर्स’ कार्यक्रम आयोजना गरिने महासंघले जानकारी दिएको छ । मङ्सिर ७ गते गोकर्ण गल्फ मैदानमा महासंघ–इफाप्का गल्फ प्रतियोगिता गरिने भएको छ । मङ्सिर ८ गते नयाँ कार्यसमिति चयन गरी उक्त कार्यसमितिको ‘एक्जिक्युटिभ बोर्ड मिटिङ’ र केही सहभागीका लागि भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम राखिएको छ । नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमा ३०औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।

नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अधिकारी वानमा सर्वसम्मत निर्वाचित

भक्तपुर, भदौ ६ । नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशन अमृत अधिकारी ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) को केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार र आइतबार भक्तपुरको जर्मन होम्समा सम्पन्न अधिवेशनले अधिकारीसहित कार्यसमितिका सबैलाई सर्वसम्मत चयन गरेको हो । वानको नयाँ अध्यक्षमा भने तत्कालिन कार्यवहाक अध्यक्ष कुमार भट्टराई निर्वाचित हुनुभएको छ । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा […]

रोबोट, ड्रोन र थ्रिडी प्रिन्ट सम्बन्धी पाँच दिने तालिम आयोजना हुँदै

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, रोबोटिक्स एसोसिएसन अफ नेपालको संयुक्त सहकार्यमा प्रोजेक्ट डिजिटल शी नामक कार्यक्रम आयोजना हुने भएको छ । यो पाँच दिने प्रशिक्षण हो र यसमा रोबोट निर्माण गर्ने, हार्डवेयर प्रोग्राम गर्ने, थ्रिडी प्रिन्ट र ड्रोन निर्माण गर्ने सिकाइने छ । यो कार्यक्रम काठमाडौँ, ललितपुर, भक्तपुर, दोलाखा, हेटौंडामा सञ्चालन हुँदैछ । यस...

बार दिवसमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बार दिवस–२०७८ का अवसरमा कानुन व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, उच्च अदालत बार एसोसिएसन पाटन, ललितपुर जिल्ला अदालत बार एसोसिएसन र भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अगुवाइमा प्रदर्शन गरिएको हो । त्यसक्रममा सर्वोच्च अदालत परिसरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरिएको थियो । विचार गोष्ठी पनि...

भक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्वुजा

भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरिएको छ । सात सदस्यीय एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् । सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् ।भक्तपुरमा अटोमोबाइल्ससम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको उद्देश्यका साथ एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले जनाए । […]

पुष्प व्यवसायले पुरानै लय लिन एक वर्ष लाग्ने

मंसिर १३, काठमाडौैं । कोरोना महामारी केही कम भएसँगै अन्य व्यवसायले बिस्तारै लय समाति सकेका छन् । पुष्प व्यवसायले भने पुरानै लय लिन अझै एक वर्ष लाग्ने बताइएको छ ।  कोरोना भाइरसका कारण पुष्प व्यवसायले दैनिक रू. एक करोडसम्मको नोक्सान सामना गर्नुपर्‍यो । अहिले विस्तारै व्यवसाय सञ्चालनमा आए पनि महामारी शुरु हुनुपूृर्वको जस्तो बजारमा चहलपहल हुन सकेको छैन । भर्खर चाडबाड सकिएको छ । अहिले विवाहको मौसम हुँदा पनि आशाअनुरुप फूलको कारोबार हुन सकेको छैन । त्यसैले १६ महीनाअघिको यस व्यवसायले लय समात्न ६ महीनादेखि एक वर्षको समय लाग्ने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।   उनले भने, ‘कोरोना महामारी अझै हटेको छैन । विश्वासका साथ व्यवसायीले यस क्षेत्रमा लगानी बढाउन पाएका छैनन् । लामो समयसम्म व्यवसाय चलायमान गर्न नपाएपछि २५ प्रतिशत व्यवसायी अन्य पेसामा पलायन भइसकेका छन् ।’ कोरोना शुरु हुनुभन्दा पहिले असोजदेखि फागुनसम्म फूल उत्पादन र विक्री वितरण हुन्थ्यो । विश्वभर फैलिएको  कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले डेढ वर्षदेखि पर्याप्त आम्दानी गर्न सकेको छैन । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य व्यवसाय सञ्चालनमा आउँदा पनि यस व्यवसायले गति समात्न अझै नसकेको अध्यक्ष तामाङ बताउँछन् ।  कोरोना अघि सामान्य समयमा दैनिक रू. एक कारोडभन्दा बढी फूलको कारोबार हुने गरेको थियो । गत जेठ–असारमा कोरोना उच्च विन्दुमा पुग्दा मुस्किलले रू. दुई लाखमा मात्र चित्त बुझाउनु परेको अध्यक्ष तामाङ सम्झनुहुन्छ । हरेक वर्ष रू. तीन अर्बको कारोबार गरिरहेको उक्त व्यवसायले गत आर्थिक वर्षमा रू. एक अर्ब ६५ कारोड मात्र कारोबार गरेको थियो । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा २००७ सालदेखि शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । रासस