काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । मङ्गलवार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले पशुपतिनाथनाथकाे दर्शन र पूजा, आराधना गर्नुभयो । दर्शनका लागि पशुपतिनाथ पुग्नुभएकी उहाँकाे सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज मनाउने गरिन्छ । आज पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालुको भिड लागेको थियो । आज महादेव र देवी पार्व...